पछिल्लो २४ घण्टामा ३ हजार ३० संक्रमणमुक्त, २० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ३ हजार ३० संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ हजार ९ सय ३५ परीक्षणमध्ये २ हजार ५२ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षणमा १ हजार ६ सय ४८ र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षणमध्ये ४ सय ४ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ७ सय ७० ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने ३ हजार ३० रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९४.१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख १९ हजार ३ सय ३६ संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा ३४ हजार १ सय ८९ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);