पछिल्लो २४ घण्टामा २ हजार १ सय ६१ संक्रमणमुक्त, १० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा २ हजार १ सय ६१ संक्रमणमुक्त, १० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६ सय ४० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १३ हजार ४ सय ५५ परीक्षणमध्ये एक हजार ६ सय ४० मा संक्रमण पुष्टि भएको हो । जसमध्ये ९ हजार ७ सय ६७ पीसीआर परीक्षणमध्ये एक हजार ३ सय ४७ र ३ हजार ६ सय ८८ एन्टीजेन परीक्षणमध्ये २ सय ९३ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १० संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ८ सय ८९ को संक्रमणका कारण मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने २ हजार १ सय ६१ रहेको छ । हालसम्म नेपालमा सात लाख ३३ हजार १ सय ६१ जना संक्रमणमुक्त भईसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या २९ हजार ४ सय ७९ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);