बागलुङको धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणकार्यको ढिलाइले बिरामीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बागलुङको धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणकार्यको ढिलाइले बिरामीलाई सास्ती

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माणकार्यको ढिलाइले बिरामीलाई सास्ती हुने गरेको छ ।

सरकारले कोरोना संक्रमणका बिरामीलाई सहज रूपमा स्वास्थ सेवा उपलव्ध गराउन जिल्लामै अक्सिजन उत्पादन गर्ने उदेश्यले स्थापना गर्न शुरू गरेको अक्सिजन प्लान्टको काम निर्माण कम्पनीले समयमै सम्पन्न नगरिदिदा विरामीलाई समस्या परेको हो ।

सरकारले बागलुङको धौलागिरि अस्पतालमा कोरोना संक्रमित बिरामीको सहज रूपमा उपचार गर्ने उदेश्यले स्थापना गर्न लागेको सुविधा सम्पन्न अक्सिजन प्लान्ट निर्माण कार्यको जिम्मेवारी लिएको निर्माण कम्पनीले काम पुरा नगर्दा योजना अलपत्र परेको छ ।

अक्सिजन प्लान्ट निर्माणको जिम्मेवारी लिएको आरोग्य मेडिटेक निर्माणकम्पनीले समयमा काम सम्पन्न नगर्दा ढिलाई भएको हो । प्लान्ट निर्माणकालागि ३ करोडको बोलपत्र आह्वान गरिएकोमा आरोग्य मेडिटेक निर्माण कम्पनीले २ करोड ३२ लाखमा गत भदौ मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

कोरोनाको तेस्रो भेरियन्ट ओमीक्रोनक नेपालमा समेत देखिसकेको अवस्थामा धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा अहिले पनि पोखराबाट सिलिन्डरमा अक्सिजन ल्याएर बिरामीको उपचार गर्नु पर्ने अवस्था छ । अक्सिजन प्लान्ट समयमै सम्पन्न नहुदा सेवा प्रवाहमा समस्या भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);