घोराहीमा अक्सिजन उद्योग निर्माणका लागि निजी क्षेत्रलाई आह्वान, नगरले अनुदान दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

घोराहीमा अक्सिजन उद्योग निर्माणका लागि निजी क्षेत्रलाई आह्वान, नगरले अनुदान दिने

दाङ । घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि नीजि क्षेत्रहरुलाई आह्वान गर्ने निर्णय गरेको छ ।

नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पतालहरुलाई आह्वान गर्ने निर्णय गरेको हो । साथै बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय समेत गरेका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

दिर्घकालिनरुपमा अक्सिजन प्लान्ट आवश्यक देखिएको र त्यसका लागि नीजि क्षेत्रलाई प्रोत्सान गर्दै उपमहानगरले अनुदानको व्यवस्था गर्ने निर्णय गरेको केसीको भनाई छ । समितिका संयोजक एवं नगरका कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणमा अनुदान, सहकार्य र सहजीकरण गर्ने निर्णय गरेको हो ।

साथै बैठकले कोरोना महामारीबाट बच्न लकडाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बिषेश जोड दिन नगरबासीलाई अपिल गरेको छ । उपमहानगरपालिकाले नगरका कोरोना संक्रमित भइ भर्ना गर्नुपर्ने बिरामीलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानसँगको सहकार्यमा उपचार हुँदै आएको जनाएको छ ।

जसका लागि ४५ लाख रुपैयाँ नगद दिने सहमति अनुसार ४५ लाख रुपैयाँ र ५० थान सिलिण्डर समेत हस्तान्तरण भईसकेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

साथै उपमहानगरपालिकाले १९ वटै वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरी संक्रमित भई घरमै बसेका बिरामीहरुको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य परामर्श दिँदै आएको प्रमुख घर्तीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);