कपिलवस्तु अस्पतालले अक्सिनजन प्लान्ट निर्माण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कपिलवस्तु अस्पतालले अक्सिनजन प्लान्ट निर्माण गर्ने

कपिलवस्तु । अक्सिनको अभावमा अकालमा ज्यान गुमाउने संख्या बढदै गएपछि कपिलवस्तु अस्पतालले अक्सिनजन प्लान्ट संचालन गर्ने निर्णय गरेको छ ।

जिल्लाका स्वास्थ्य संस्थाहरुमा अक्सिनजन अभाव हुन नदिन कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी भएको हो । अहिले अस्पतालमा दैनिक ३ सय सिलिन्डर अक्सिजन आवश्यक रहे पनि १ सय ११ वटा मात्र रहेको छ ।

जिल्लामा अक्सिजनको उदपादन नभएकाले छिमेकी जिल्ला रुपन्देहीबाट ढुवानी गर्दा दैनिकरुपमा मुस्किलले २५ देखि ३० वटा सिलिन्डर मात्र प्राप्त भइरहेको कपिलवस्तु अस्पतालले जनाएको छ । प्लान्ट निर्माणका लागि २ करोड ५० लाख रुपैया लाग्ने अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);