२४ घण्टामा ४ हजार ३ सय ४८ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

२४ घण्टामा ४ हजार ३ सय ४८ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ४ हजार ३ सय ४८ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ९२हजार ५ सय ३५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३६ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार २ सय ५९ पीसीआर परीक्षणमध्ये १ हजार ७ सय २८ संक्रमित र ४ हजार ४ सय ८९ एन्टिजेन परीक्षणबाट ९ सय ८ संक्रमित गरी जम्मा २ हजार ६ सय ३६ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ७१ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);