२४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ९ सय ९४ कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको जम्मा संख्या ५ लाख २४ हजार ८ सय १० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४ सय ६ पीसीआर परीक्षणमध्ये जम्मा २ हजार ४ सय ७ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भक्तपुरमा ५८, ललितपुरमा १ सय १२ र काठमाडौंमा ४ सय ८३ गरी काठमाडौंं उपत्यकामा ६ सय ५३ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय ४६ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);