देशका विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री पुर्‍याउँदै नेमकिपा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

देशका विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री पुर्‍याउँदै नेमकिपा

जुम्ला । नेपाल मजदुर किसान पार्टीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई होइड्रोजन अक्सिजन जेनेरेटर मेसिन सहित २ हजार ८ सय पिस मास्क प्रदान गरेको छ ।

छिमेकी मित्र राष्ट्र चीनको चिनियाँ कम्युनिस्ट पार्टीबाट सहयोग स्वरुप उपलब्ध स्वास्थ्य सामाग्री विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरूमा वितरण गर्ने क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरिएको नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले बताए । जिल्ला बिपद व्यवस्थापन समितिलाई २ हजार एन ९५ मास्क हस्तान्तरण गरिएको हो ।

गत जेठ १२ गते चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक पार्टीहरु नेमकिपा, नेकपा एमाले ,नेपाली कांग्रेस, ए माओवादी, राप्रपा र जसपा गरी ६ वटा पार्टीका शीर्ष नेताहरू बीच कोभिड १९ विरुद्धको लडाइँमा सहकार्य गर्ने भर्चुअल बैठक पछि सबै पार्टीहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वास्थ्य सामाग्री पठाएको थियो ।

सोही स्वास्थ्य सामाग्री नेमकिपाले देश भरका सरकारी र सामुदायिक अस्पतालहरुमा कार्यरत कोभिड विरुद्धको लडाइँमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरु लाई वितरण गरेको हो ।

स्वास्थ्य सामाग्री बुझ्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले महामारी विरुद्धको लडाइँमा स्वास्थ्य सामाग्री उपलब्ध गराएर हौसला प्रदान गरेको भन्दै आभार प्रकट गरेका छन् । कर्णाली प्रदेश अस्पताललाई १ हजार ८ सय ४० थान एन ९५ मास्क हस्तान्तरण गरिएको केन्द्रीय सचिव सुवालले बताए ।

२ हजार माक्स जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई दिइएको थियो । नेमकिपाका केन्द्रीय सदस्य डिल्ली प्रसाद काफ्लेले देश कोरोनाको दोस्रो लहरले आक्रान्त भएको बेला चिनियाँ कम्युनिष्ट पार्टीको यो सहयोग अतुलनीय रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);