नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त गोष्ठी बैैठक आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त गोष्ठी बैैठक आज पनि जारी

nekapa-samajbadi

काठमाडौं, ७ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त वैचारिक आदान–प्रदान गोष्ठी सोमबारदेखि काठमाडौंमा सुरू भएको छ । सोमबार अपराह्न राजधानीमा गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताउनु भयो ।

सी जिनफिङ विचारधाराबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल नाम दिइएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सी जिनफिङ विचारधाराबारे छलफल चलाएर नयाँ बहसको थालनी गरेको भन्दै खुसी व्यक्त गर्नु भयो । नेपाल एक चीन नीतिमा अडिग रहेको भन्दै उहाले दुई देशको मित्रता स्वार्थभन्दा माथि रहेको पनि बताउनु भयो । विश्वका केही देशहरुले शक्ति आर्जन गरेपछि साना देशहरुलाई थिचोमिचो गर्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले ‘चीन शक्तिशाली बनेर पनि शान्ति र समानताको पक्षमा रहेको बताउनु भयो ।

कम्युनिस्ट पार्टीले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीले झुटो सावित गर्दै चिनियाँ कम्युनिस्ट पार्टी माक्सवादको रक्षामा पनि अब्बल देखिएको ओलीको धारणा थियो । कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य भएको बताउनु भयो । आज पनि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दुबै देशका कम्युनिष्ट नेताहरुवीच छलफल हुने छ । आजको छलफलमा तीनजना चिनियाँ नेताले नेकपाका नेताहरुलाई प्रशिक्षणात्मक प्रस्तुती दिने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);