२४ घण्टामा ४ हजार ९ सय ५४ ले कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२४ घण्टामा ४ हजार ९ सय ५४ ले कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ४ हजार ९ सय ५४ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ६४ हजार ८ सय ८२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २२ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १२ हजार २ सय ४ पीसीआर परीक्षणमध्ये ३७ सय ३ संक्रमित र ४ हजार ७ सय ९ एन्टिजेन परीक्षणबाट ८ सय १९ संक्रमित गरी जम्मा ४ हजार ५ सय २२ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ४१ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ८ सय १३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);