२४ घण्टामा २ हजार ७८ संक्रमणमुक्त, २३ सय ९८ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

२४ घण्टामा २ हजार ७८ संक्रमणमुक्त, २३ सय ९८ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७८ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ एन्टिजेन परीक्षणबाट ७ सय ४९ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ४ सय १२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);