२४ घण्टामा २१ सय ६४ संक्रमणमुक्त, १८ सय ७५ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

२४ घण्टामा २१ सय ६४ संक्रमणमुक्त, १८ सय ७५ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ८ सय ५८ पीसीआर परीक्षणबाट १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टिजेन परीक्षणबाट ५ सय ६५ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २१ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ५ सय २७ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);