१८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना, १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना, १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ ।

त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने मन्त्रालयले जानकारी लिएको छ ।

सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरे अनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ ।

मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा सबैले खोप लगाउन पाउने उल्लेख गरिएको छ । कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि पनि छिट्टै दोस्रो डोज दिने योजना रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);