Our Network

साउन १७ २०७८, आइतबार

२४ घण्टामा १४ सय ७५ संक्रमणमुक्त, २८ सय ३८ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७५ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९ सय १८ र ३ हजार ९ सय १ एन्टिजेन परीक्षणबाट ९ सय २० मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ६ सय १२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply