२४ घण्टामा २ हजार ५० संक्रमणमुक्त, २२ सय ३७ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२४ घण्टामा २ हजार ५० संक्रमणमुक्त, २२ सय ३७ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५० ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५० संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ३७ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ५ सय ६९ पीसीआर परीक्षणबाट १ हजार ५ सय ३९ संक्रमित र ३ हजार २ सय ६५ एन्टिजेन परीक्षणबाट ६ सय ९८ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ७ सय १३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);