२४ घण्टामा १४ सय ३२ संक्रमणमुक्त, २१ सय ६९ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

२४ घण्टामा १४ सय ३२ संक्रमणमुक्त, २१ सय ६९ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३२ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३२ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ सय ६९ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ५ सय ३० पीसीआर परीक्षणबाट १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ३ सय ६२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);