२४ घण्टामा १७ सय ५७ संक्रमणमुक्त, २६ सय ७६ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२४ घण्टामा १७ सय ५७ संक्रमणमुक्त, २६ सय ७६ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७६ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ८ हजार २ सय ५६ पीसीआर परीक्षणबाट १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणबाट ८ सय ९४ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ४ सय ६३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);