अनलाइनमार्फत मनौवैज्ञानिक परामर्शका लागि ‘माई सिरानी’ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अनलाइनमार्फत मनौवैज्ञानिक परामर्शका लागि ‘माई सिरानी’

काठमाडौं । द मिसिङ काउन्सिलर नामक एक संस्थाले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना र मनौवैज्ञानिक परामर्शका लागि ‘माई सिरानी’ नामक एप सञ्चालनमा ल्याएको छ ।

एन्ड्रोइड प्रयोगकर्ताहरुले आफ्नो अनुकुलता अनुसार अनलाइनमार्फत् भिडियो, अडियो वा पाठ मार्फत् यस ‘माई सिरानी ’ एपबाट मानसिक परामर्शको सेवा लिन पाउने छन् ।

द मिसिङ काउन्सिलरले मानसिक स्वास्थ्यसम्बन्धी सेवालाई सहज पहुँचमा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याएको ‘माई सिरानी’ एपले मानसिक रुपमा असहजताको अवस्थामा मानिसहरुलाई सहजता पुर्‍याउने काम गर्दछ ।

‘माई सिरानी’ ले २०२० देखि नै आफ्ना स्वयंसेवक परामर्शदाताहरुको माध्यमबाट निशुल्क परामर्श प्रदान गर्दै आईरहेको छ । यस संस्थाले दुईसयभन्दा बढी आवश्यकतामा परेकाहरुलाई मानसिक परामर्श प्रदान गरिसकेको छ ।

मानसिक स्वास्थ्य विशेषज्ञहरुसंग सुरक्षित र भरपर्दो प्लेटफार्म प्रदान गर्न मिसिङ काउन्स्लरले माई सिरानी एप ल्याएको हो ।

मानसिक रोगको कारण मानिसहरु मद्दत लिन घर बाहिर निस्कन सक्ने अवस्थामा हुँदैनन् वा आफ्नो व्यस्त दिनचर्याबाट फुर्सद निकाल्न असमर्थ हुन्छन ।

‘माई सिरानी’ के विश्वास गर्छ भने मानसिक परामर्शको लागि मद्दत लिन जटिल प्रक्रिया हुनु हुँदैन । केहि क्लिकहरूमा नै मात्रै मानसिक परामर्श लिन सकिन्छ ।

काउन्सिलरहरूले मानसिक स्वास्थ्य मुद्दाहरूमा विभिन्न कार्यशालाहरू डिजाइन गरेका छन् र विभिन्न संस्था र शैक्षिक संगठनहरूलाई कार्यशालाहरू प्रदान गर्दै पनि आइरहेका छन्।

एप प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले www.mysirani.com वा प्लेस्टोरबाट bit.ly/mysirani. एमिसिरानीबाट डाउनलोड गर्न सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);