जनकपुरधाममा सुविधायुक्त क्वारेन्टाइन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

जनकपुरधाममा सुविधायुक्त क्वारेन्टाइन

जनकपुरधाम, जेठ ६  ।  क्वारेन्टाइनहरु स्तरीय र सुविधायुक्त नभएको गुनासो सर्वत्र सुनिन्छ । गाँउवाट टाढा विद्यालय सहितका भवनहरुमा प्राय क्वारेन्टाइन तोकिएको छ । तर नगरको मुख्य केन्द्र रामचौक स्थित यस क्वारेन्टाइनमा नयाँ तन्ना, मच्छरझुल, सिरानी मात्र होइन मच्छर धुप पनि छ ।

संक्रमणवाट बच्न खानै पर्ने तातोपानीका लागि विद्युतिय उपकरण सहित मिनिरल वाटर, साबुन, मास्क, ब्रस र जिविया सहित तुथ पेष्ट समेतको सुविधा गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले सक्दो सवै सुविधा सहित नयाँ क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । जनकपुरधामको एतिहासिक गोपाल धर्मशालामा ५० वेडको नयाँ  क्वारेन्टाइन सेन्टर मंगलबार देखि शुरु भएको छ । शुरुको दिनमा उप–महानगरपालिकाले २५ वेडको क्वारेन्टाइन स्वस्तिका नर्सिङ्ग होममा संचालन गर्दे आईरहेकोमा दिन प्रतिदिन कोरोन संक्रमितहरुको संख्या बढने सम्भावना देखिएपछि सो क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।

तत्काल अहिले ५० वेडको क्वारेन्टाइन व्यवस्था गरिएको र यहाँ प्रयाप्त ठाँउ रहेकाले पछि आवश्यक्ता अनुसार अरु थप गरिने योजना रहेको जनकपुरधाम उपमहानगरपालिकाले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);