नेपालकाे नयाँ नक्सा सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

नेपालकाे नयाँ नक्सा सार्वजनिक हुँदै

काठमाडाैं ७ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गर्ने भएको छ।

मन्त्रिपरिषदबाट सोमबार पारित भएको उक्त नक्सा बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम छ।

नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने मन्त्री पद्मा अर्यालको सचिवालयले जनाएको छ।बुधबार दिउँसो २ : १५ बजे नक्सा सार्वजनिक गर्ने मन्त्रालयको भनाइ छ।