गुगलले देखायो नेपालको नयाँ क्षेत्रफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

गुगलले देखायो नेपालको नयाँ क्षेत्रफल

new nepal map, naya nepal naksa

काठमाडौं, ९ जेठ । नेपालको क्षेत्रफल र नयाँ नक्सा गुगलले देखाएको छ ।

नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्सा सार्वजनिक गरेसँगै गुगलले नेपालको नयाँ क्षेत्रफल र नक्सा देखाएकोे हो ।

गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफलसहितको नक्सा देखाएको छ । नेपालले गत बुधबार (वैशाख ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।

यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);