एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयले झस्कीयो भारत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयले झस्कीयो भारत

एक सय रुपैंयाको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयले भारत झस्किएको छ ।  चुनावी अभियानका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल
सरकारको निर्णयप्रति चासो राखेको संचार माध्यमहरुले जनाएका छन्े ।

उहाँले नेपाल सरकारको निर्णय सुनेको भन्दै यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताउनु भयो । सीमा क्षेत्र र नक्साको विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ नभएको उहाँको भनाई छ । धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्नेमा आफुहरु प्रष्ट भएको जयशंकरको भनाई छ ।

एक सय रुपैयाँ दरको बैँकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैँकलाई स्वीकृति समेत दिइसकेको छ ।

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ
राजनीतिक नक्सा जारी गरेको हो । भारतले पनि आफ्नो नक्शामा ती भूभाग समेटेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);