चीनले नयाँ नक्सामा नेपालको चुच्चे नक्शा समेटेन, सरकारलाई छैन् चासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चीनले नयाँ नक्सामा नेपालको चुच्चे नक्शा समेटेन, सरकारलाई छैन् चासो

काठमाडौं, १३ भदौ । चीनले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्शा नसमेटिएपछि आम चासो बढेको छ । सन् २०२३ को संस्करण भन्दै उल्लेख गरेको चिनियाँ नक्सामा नेपालको चुच्चे नक्साको स्थानमा बुच्चे नक्सालाई नै राखिएपछि यसमा अधिकांशको चासो बढेको हो ।

नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ चुच्चे नक्सा जारी गरेको छ । नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा बाहिर ल्याएको हो । चीनको नयाँ नक्शामा भारतको भनिएको अरुणाचल प्रदेश र ताइवानसमेतलाई समेटिएको छ । चीनले नेपालको नयाँ नक्सालाई नसमेट्नुलाइ नेपालको कूटनीति कमजोर भएको वा चीनले पनि नेपाललाई वास्ता नगरेको हुन सक्ने विश्लेषणहरु पनि सार्वजनिक भएका छन् ।

नेपालले नयाँ चुच्चे नक्सा जारी गरेर संविधानमा संशोधनसमेत गरेपछि विधिवत् रुपमा चीनलाई जानकारी नै नगराएको हुन सक्ने भन्नेहरु पनि छन् । चीनले निकालेको नयाँ नक्साका सम्बन्धमा भने नेपाल सरकारले भने कुनै पनि प्रतिक्रिया दिएको छैन । आमनेपाली भने यससम्बन्धमा नेपालको आधिकारीक धारणको प्रतिक्षामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);