थप दुई पत्रकारमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

थप दुई पत्रकारमा कोरोना संक्रमण

बुटवल ,९ जेठ । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ। दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं। ८ का २४ वर्षका पुरुष हुन् ।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । एकजना बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);