नेपालको नयाँ आधिकारीक नक्सा सार्वजनिक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालको नयाँ आधिकारीक नक्सा सार्वजनिक (भिडियोसहित)

New Nepal Map

काठमाडौं, ७ जेठ । सरकारले सोमबार लिम्पियाधुरा ,लिपुलेक सहितको नयाँ नक्सा सार्वाजनिक गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमा नक्सा सार्वाजनिक गर्नु भएको हो । यो भन्दा पहिलाको नक्सामा यी भुभागहरुलाई नसमेटीएको हुनाले अहिले यी भुभागहरुलाई समेटर नयाँ नक्सा सार्वजनिक गरीएको हो ।

जेठ ५ गते मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नक्सा मन्त्री पद्मा अर्यालले सार्वजनिक गर्नुभएको हो । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसँगै गुञ्जी, नाबी र गुटी लगायतका क्षेत्रपनि समेटिएको मन्त्री अर्यालले बताउनुभयो ।

राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो । नेपालसँग उपलब्ध प्रमाण र तथ्यले देखाएको बाटोमा सधै अगाडी बढ्ने उहाँले बताउनुभयो ।

नेपालको सम्पूर्ण भूमि समेटिएको नक्सा सार्वजनिक हुनु सिंगो नेपालीहरुका लागि ऐतिहासिक सुखद क्षण भएको उहाँले बताउनुभयो ।

नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले नयाँ नक्सा सार्वजनिक भएपछि विश्वमा नेपालको मानचित्र, नेपालीको मान र नेपालीको मन बदलिएको समेत बताउनुभयो ।

सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन् । सरकारले नेपाल र नेपालीको सिर झुक्न नदिने उल्लेख गर्दै नक्सा प्रयोग हुने सम्पूर्ण सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गर्नुएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);