म्यान्मारमा भएको नरसंहारका विरुद्ध सरकार र संसद बोल्नुपर्छ : सांसद कर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

म्यान्मारमा भएको नरसंहारका विरुद्ध सरकार र संसद बोल्नुपर्छ : सांसद कर्ण

काठमाडौं, १८ चैत । जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले म्यान्मारमा भएको नरसंहारका विरुद्ध र मानवअधिकार तथा लोकतन्त्रको पक्षमा सरकार र संसद बोल्नुपर्ने बताए । यस्तै काठमाडौंमा देखिएको प्रदुषणका कारण सिर्जित समस्या समाधान गर्न केवल घरमा बसेर मात्रै नहुने भन्दै उनले प्रदुषण नियन्त्रणका लागि सरकारले वैज्ञानिक विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

टिकापुर हत्या काण्डलाई राजनीतिक मुद्दा बनाई माफी दिनु हुँदैन

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्याकाण्डका दोषिलाई सरकारले माफी दिन लागेको भन्दै टिकापुर हत्या काण्डलाई राजनीतिक मुद्दा बनाई माफी दिनु नहुने बताए । संसद पुर्नस्थापना पछि संसदमा कुनैपनि पार्टीको स्पष्ट बहुमत नभएको सन्दर्भमा सरकारको बहुमत पु¥याउनको लागि रेशम चौधरी लगायतको रिहाइ गरिए कानून र न्यायको अवहेलना हुने बताए ।

सिमानामा क्वारेन्टाइन तथा परिक्षणको व्यवस्थालाई प्रभावकारी बनाउ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत तर्फको खुल्ला सिमानाका कारण नेपालमा कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकाले सिमानामा क्वारेन्टाइन तथा परिक्षणको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कोभिड–१९ संक्रमणबारे अघिल्लो वर्षबाट पाठ सिक्नुपर्ने उनको भनाई छ । कोभिड–१९ का विरुद्ध सत्तारुढ दलका कार्यकर्तालाई सीमामा स्वयंसेवकको रुपमा परिचालन गर्नुपर्ने पनि बताए ।

सांसद सुवालले सरकारी अस्पतालमा अझैपनि राम्रो सेवा सुविधा नभएको टिप्पणी गरे । सरकारी अस्पतालका चिकित्सक, आवश्यक उपकरणलाई पर्याप्त बनाइ गुणस्तरीय सेवा दिन सरकारको ध्यान नपुगेको उनको भनाई छ । प्रदुषणका कारण काठमाडौंमा स्वास्थ्य समस्या देखिएकाले काठमाडौंलाई रोगीको थलो बनाउन नदिन सरकारले ध्यान पु¥याउनुपर्ने सांसद सुवालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);