क्वारेनटाइनबाट ११ जना व्यक्ति भागे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

क्वारेनटाइनबाट ११ जना व्यक्ति भागे

quarantine

कपिलवस्तु ७ जेष्ठ । नेपाल सुरक्षित छ भन्ने महसुस गरेर ठुलो संख्यामा भारतबाट नेपाल भित्रिएका नागरिकका कारण नेपालमा निर्माण गरिएका क्वारेन्टाइन अहिले भने भरिभराउ छन् ।

खेतीपाती लगाउने बेला भएको र परिक्षण पनि समयमा नभएकोले परिक्षणमा ढिलाहुने थाहा पाए पछि केही मान्छेहरु क्वारेन्टाइनबाट भागेका थिए ।

दुई दिनमा ११ जना भागे पछि सो विषयमा जानकारी दिन प्रहरी चौकी रंगपुर, प्रशासन र गाँउपालिकालाई वडा नम्बर ६ को कार्यालयले पत्राचार गरेको छ । वडा नम्बर ६ को बासुदेव जनता माबिको क्वारेन्टाईनका ११ जना व्यक्ति भागेको खुल्न आएको छ ।

आइतबार ३ जना र सोमबार ८ जना गरि ११ जना भागेका छन् । भागेका मानिसहरु वडाको रतनपुर र भैसाहि गाँउका हुन । १५ दिनको क्वारेन्टाईन अवधी पुरा भए पनि किट अभाव भन्दै परिक्षण नगरिए पछि केहि मान्छे भागेको तथा केही क्वारेन्टाईनमै रहेका छन् ।

यशोधरा गाँउपालिकाकाले ८ वडाका ४६ स्थानमा क्वारेन्टाईन बनाईएको छ । जसमा ४७ महिला १ हजार १ सय ९८ पुरुष सहित कुल १ हजार २ सय ४२ व्यक्ति रहेको गाँउपालिकाको तथ्याङ्क छ । तर हाल सम्म पालिकाका ६२ जनाको पिसिआर र ७३ जनाको आरडिटी विधीको परिक्षण मात्र हुन सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);