केन्द्रीय कारागारको छतबाट भागे कैदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

केन्द्रीय कारागारको छतबाट भागे कैदी

काठमाडौं, ११ पुष । केन्द्रीय कारागारमा बलात्कार अभियोगमा कैद सजाय काटिरहेका कैदी पुन्नबहादुर शाही छतबाट भागेका छन् । एक महिनाअघि रातको समय पारेर उनी भागे पनि घटना प्रहरीले गोप्य राखेको थियो । उनी मंसिर ४ गते भागेका हुन् । प्रहरीले उनलाई फेला पार्न सकेको छैन ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख जयबहादुर चन्दका अनुसार कैदी भागेको विषयमा छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढिसकेको छ ।
कारागार व्यवस्था विभाग र आयुक्त कार्यालयबाट समेत छानबिन समिति बनेको थियो । दुवै समितिले कैदी भाग्नुमा सुरक्षा लापरबाही देखेपछि रात्रि समयमा सुरक्षामा खटिएका प्रहरी र कारागार सुरक्षा प्रमुख डिडिएसपी नेत्रबन्धु शर्मामाथि कारबाहीको सिफारिस भएको छ ।
कारागार व्यवस्था विभागका प्रमुख कृष्णचन्द्र घिमिरे र आयुक्त कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीको नेतृत्वमा छुट्टाछुट्टै छानबिन समिति बनेको थियो । डिएसपी शर्मामाथि सुरक्षा लापरबाही गरेको र ड्युटीमा खटिएका तीन प्रहरी ड्युटीमा सचेत नभएको भन्दै निलम्बनमा परेका छन् । शाही यसअगाडि सुर्खेत कारगारबाट सुरुङ खनेर भागेका कैदी हुन् । २०६८ मा भागेका उनी २०७१ मा पक्राउ परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);