म्याग्दी एमालेले दियो आइसोलेशनको लागि पार्टी कार्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

म्याग्दी एमालेले दियो आइसोलेशनको लागि पार्टी कार्यालय

म्याग्दी । कोभिड संक्रमितको उपचार र व्यवस्थापनमा नेकपा एमाले म्याग्दीले सक्रियता देखाएको छ ।

नेकपा एमाले म्याग्दीले कोभिड संक्रमितको लागि आइसोलेशन र क्वारेन्टाइन निर्माण गर्न पार्टीको कार्यालय भवन दिने भएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखि सो कार्यको लागि पार्टी कार्यालय उपलब्ध गराउने बताएका हुन् ।

संक्रमितको उपचारको लागि स्थान अभाव भएमा आइसोलेशन वार्ड वा क्वारेन्टाइन स्थापनाको लागि बेनी नगरपालिका–२ हाँडेभिरमा रहेको पार्टी कार्यालय उपलब्ध गराउन सकिने पत्रमा उल्लेख छ । ‘साथै आवश्यक परेमा पार्टीमा आवद्ध कमरेडहरुको सवारी साधनलाई संक्रमितको उपचार, रोकथाम र नियन्त्रणको लागि उपलब्ध गराउन सकिने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।

म्याग्दीमा कोभिडका संक्रमित मध्ये अधिकांश जिल्ला सदरमुकामका भएपछि संक्रमितको व्यवस्थापनमा समस्या हुन लागेको छ । जिल्लामा १ सय १० बढी संक्रमित छन् । ती मध्ये अधिकांश बेनीकै छन् ।

संक्रमण नियन्त्रण तथा रोकथामको लागि बेनीमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्न तथा स्वास्थ्य मापदण्डको पालना गर्न पनि म्यग्दी एमालेले सबैमा आग्रह गरेको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);