अध्यक्ष ओलीसँग हालसम्म कुनै सहमति नभएको नेता नेपालको स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अध्यक्ष ओलीसँग हालसम्म कुनै सहमति नभएको नेता नेपालको स्पष्टिकरण

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टीमा एकता कायम राख्नका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत् हालसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।

उनले आफूहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एकता चाहेको उल्लेख गर्दै त्यसका लागि वार्ता र लचकता दुवै अपनाउने तर अहिलेसम्म कुनै सहमति भने नभएको जानकारी गराएका हुन् ।

नेपाल खनाल पक्षले २०७५ जेठ २ गते फर्किनु पर्ने र ओलीले माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय सदस्य बनाएकोलगायतका निर्णय फिर्ता लिनुपर्ने अडान लिँदै आएको छ भने ओलीले भने फर्किन नसक्ने बताउँदै आएको छ ।

उनले लेखेका छन् ‘२०७७ फागुन २८ गते र तत्पश्चान बसेका कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिनु पर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’ कुनै किसीमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लाग्न पनि उनले आह्वान गरेका छन् ।

यसअघि बिहीबार नेता नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतलनिवासमा भेटवार्ता भएको थियो । पछि प्रधानमन्त्री ओली पनि सो भेटवार्तामा सहभागी भएका थिए । सो वार्ता पश्चात पार्टी विवाद समाधानको संकेत देखिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);