ओलीसँग केही सहमति भएको छैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओलीसँग केही सहमति भएको छैन : प्रचण्ड

prachanda dahal

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको प्रष्टिकरण दिनु भएको छ।

खुमलटारमा आइतबार आफू र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सचिवालय र स्थायी समिति सदस्यहरूसँगको भेलामा अध्यक्ष दाहालले सञ्चारमाध्यममा आए जस्तो केही पनि सहमति नभएको प्रष्ट पार्नु भएको हो।

‘अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा शनिबार केही पनि सहमति भएको छैन’, भेलामा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले इमाउन्टेन टिभी डटकमसँग भन्नुभयो, ‘उहाँ (दाहाल) ले आफ्नो सचिवालयबाट वक्तब्य जारी गर्दै सहमति भएको भनिएको समाचारको खण्डन गरेको पनि भन्नुभयो, र सत्य होइन भन्नुभयो।’

भेलामा सचिवालय र स्थायी समितिका सदस्यहरूले अध्यक्ष दाहाललाई ‘सञ्चारमाध्यममा त सहमतिको कुरा आयो त, के हो?’ भन्दै प्रश्न गरेका थिए।

त्यससँगै, प्रधानमन्त्रीसमेत रहनु भएका ओलीले सहमतिको नाममा पटक–पटक धोका दिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरूले विश्वास नगर्न अध्यक्ष दाहाललाई सुझाएको स्रोतले जनाएको छ।

शनिबार पार्टीको महाधिवेशन आगामी मंसीरमा गर्ने र सबै समस्याहरूको छिनोफानो महाधिवेशनबाटै गर्नेमा दुई अध्यक्ष सहमत भएको भनिएको थियो।

त्यसपछि प्रचण्ड-नेपाल पक्षीय नेताहरूले गम्भीर चासाे लिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);