नेकपा स्थायी समिति बैठक चार घण्टा स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

नेकपा स्थायी समिति बैठक चार घण्टा स्थगित

nekapa baithak sthagit

काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको छ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फेरि सहमतिको खोजीका लागि बैठक स्थगित गरेको हुन सक्ने अनुमान गरिएको छ।

स्थायी समिति सदस्य हरिबोल गजुरेलले इमाउन्टेन टिभी डटकमसँग संक्षिप्त कुराकानी गर्दै बैठक स्थगित भएको मात्रै आफूहरूलाई जानकारी आएको बताउनुभयो।

‘प्रधानमन्त्रीजीको व्यस्तता पनि होला’, नेता गजुरेलले भन्नुभयो, ‘स्थगित गर्नुको खास कारण चाहिँ थाहा भएन।’

बिहीबार प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबारका लागि बोलाएको बैठकलाई नरोक्न एकमत हुनु भएकाे थियाे।

बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। यसअघि स्थायी समिति बैठक पाँच पटक स्थगित भएको छ।