नेकपाकाे स्थायी समिति बैठक साताैं पटक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपाकाे स्थायी समिति बैठक साताैं पटक स्थगित

nekapa baithak sthagit

काठमाडाैं, ४ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ। योसँगै नेकपाको स्थायी समिति बैठक सातौं पटक स्थगित भएको छ।

विज्ञप्तीमार्फत पार्टी कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिनु भएको हो।

आन्तरिक मतभेदले ‘थिलथिलो’ बनेको नेकपा गम्भीर संकटमा छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सचिवालय र स्थायी समिति सदस्यहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी र सरकार प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै राजीनामा दिन चर्को दबाव दिँदै आएका छन्।

केही घन्टा यता दाहाल–नेपाल पक्षीय सचिवालय र स्थायी समिति सदस्यहरू खुमलटारमा छन्। नेपाल पक्षका एक स्थायी समिति सदस्यका अनुसार त्यहाँ शनिबार अध्यक्ष ओली र दाहालबीच भएको भेटवार्ताको क्रममा भएका छलफलबारे समीक्षा भइरहेको छ। तर, छलफलमा सचिवालय सदस्यमध्येका बामदेव गाैतम र रामबहादुर थापा सहभागी हुनु भएकाे छैन।

शनिबार अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई पार्टीको महाधिवेशन मंसीरमा गरेर सबै समस्याको छिनोफानो महाधिवेशनबाटै गर्नुपर्ने बताउनु भएको थियो। उहाँले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा भने दिन नसकिने पुरानै अडानलाई दाेहाेर्याउनु भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);