बाँकेमा ‘विप्लव’ नेतृत्वको पार्टीद्दारा ६ बिगाह जग्गा कब्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाँकेमा ‘विप्लव’ नेतृत्वको पार्टीद्दारा ६ बिगाह जग्गा कब्जा

काठमाडौं, ४ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन थारुवान स्वायत्त प्रदेश जनपरिषद नेपालले बाँकेको कोहलपुर नगरपालिका–४ किरण नालाको पूर्व–पश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फको जग्गा कब्जा गरेको घाेषणा गरेकाे छ।

किता नम्बर ७७, ७८ र ७९ भएको ६ बिगाह जमिन भूमाफियाहरूको गिरोहले सत्ताको पहुँज र शक्तिको आधारमा लुटेको भन्दै परिषदले केन्द्रीय नीतिअनुसार नै सार्वजनिक जग्गा जनसत्ताको नियन्त्रणमा लिएको जनाएको छ।

सन्तोष बस्नेत अध्यक्ष रहेको सुकुम्बासी आयोगले उक्त जग्गा ४१ जनालाई केही वर्ष अगाडि बाँडेको थियो। तर, जग्गा सुकुम्बासी भन्दा पनि ‘हुकुम्बासी’ लाई जग्गा बाँडेको भन्दै आयोगको आलोचना हुँदै आएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले जग्गा नियन्त्रणमा लिएको भन्दै जनपरिषदले टाँगेको ब्यानर परिषदलाई नै हटाउन लगाएको बताउनुभयो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);