नेकपा बैठक आठौं पटक स्थगित, साउन १३ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

नेकपा बैठक आठौं पटक स्थगित, साउन १३ गते बस्ने

nekapa baithak sthagit

काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आठौं पटक स्थगित भएको छ। साउन १३ गतेसम्मका लागि बैठक स्थगित भएको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिनुभयो।

आज ११ बजे बोलाएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर, बैठक बस्दै नबसी स्थगित भएको हो। पार्टीका एक स्थायी समिति सदस्यकाअनुसार पार्टीमा देखिएको आन्तरिक विवाद टुङ्ग्याउन दुई अध्यक्षबीच थप छलफलका लागि बैठक स्थगित गरिएको हो।