राहत र उद्दारको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

राहत र उद्दारको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं, ६ साउन । सत्तारुढ नेकपाको जारी स्थायी समितिको चौंथो बैठकले अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण पीडित भएका नागरिकहरूको उद्दार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरेको छ।

घाइतेहरूको निशुल्क र भरपर्दो उपचार, घरबारबिहीन भएकालाई आवास र अभिभावक गुमाएका बालबालिकालाई संरक्षणका लागि विशेष व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो।

क्षतिग्रस्त पुल तथा सडकहरू तत्काल मर्मत गरी आवागमन चालु गर्न पनि सरकारको ध्यानाकर्षण गराएको थापाले बताउनुभयो। बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता, युवा तथा विद्यार्थीहरूलाई स्वयंसेवी भावले उद्दार, राहत र पुनर्स्थापनाका काममा परिचालित हुन आह्वान पनि गरेको छ।

ताजा समाचार