आइतबार बस्ने गरी नेकपा स्थायी समिति बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

आइतबार बस्ने गरी नेकपा स्थायी समिति बैठक स्थगित

nekapa baithak sthagit

काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक छैठौं पटक स्थगित भएको छ। आगामी आइतबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित भएको हो।

प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक छलफल जारी रहेर स्थगित भएको जानकारी दिनुभयो।

शुक्रबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइएको थियो। बैठकका लागि गृहकार्य नपुगेको भन्दै दिउँसो तीन बजे बैठक बस्ने भनिएको थियो। तर, फेरि बैठक स्थगित भएको हो।

ताजा समाचार