कांग्रेसको नीति, अनुसन्धान र प्रतिष्ठान निर्देशक नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसको नीति, अनुसन्धान र प्रतिष्ठान निर्देशक नियुक्त

congress office

काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रतिष्ठानमा रहनु भएका तीन जना सदस्यहरू निर्देशकमा नियुक्त हुनु भएको छ।

डा.जगदीशचन्द्र पोख्रेल नीति निर्देशक, डा. सूर्य ढुंगेल अनुसन्धान निर्देशक र खिलानाथ दाहाल प्रशिक्षण निर्देशकमा नियुक्त हुनु भएको हो।

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्णलाई प्रतिष्ठानले मनोनयन गरिसकेको छ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहालले निर्देशक र संयोजकले कार्यकारी निर्देशकसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) को (घ) बमोजिम निर्देशक र कार्यक्रम संयोजक नियुक्त गरिएको कार्यकारी निर्देशक दाहालको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);