नेकपा स्थायी समिति बैठक १ बजेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा स्थायी समिति बैठक १ बजेसम्मका लागि स्थगित

nekapa baithak sthagit

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक दिउँसो एक बजेसम्मका लागि फेरि स्थगित भएको छ।

यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो। अधिकांश स्थायी समितिका सदस्यहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगिसकेका थिए। तर, फेरि आकस्मिक रूपमा बैठक स्थगित भएको हो।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले किन बैठक सारियो भन्ने जानकारी आफूलाई पनि नभएको बताउनुभयो।

‘बैठकबारे केही तयारी होला’, सापकोटाले इमाउन्टेन टिभी डटकमसँग भन्नुभयो, ‘दिउँसो एक बजे बैठक बस्छ।’ नेकपाको यसअघि सात पटक जारी स्थायी समिति बैठक स्थगित भएको छ।

आन्तरिक विवाद टुङ्गिन नसक्दा त्यसको असर स्थायी समिति बैठकमा परेको छ। सोमबार पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूले पार्टीको स्थायी समिति बैठकलाई रोक्न नहुने, पार्टी एकतालाई बचाएर दुई अध्यक्षले समस्या समाधान गर्नुपर्ने लगायतका सुझाव अध्यक्ष प्रचण्डलाई दिएका थिए।

अध्यक्ष प्रचण्डले भने आफूहरूले विवाद समाधानका लागि प्रयास गरेको तर नसकेको भन्नु भएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताउनुभयो।

नेकपामा प्रधानमन्त्रीसमेत रहनु भएका अर्का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूले माग्दै आएका छन्।

तर, सोमबार पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूसँगको छलफलपछि भने प्रचण्ड ओलीको राजीनामा माग्ने यसअघिको ‘बटमलाइन’ मा लचक हुन सक्ने आंकलन गरिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);