वीपी कोइरालाको आज ३८ औं स्मृति दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वीपी कोइरालाको आज ३८ औं स्मृति दिवस मनाइँदै

काठमाडौं, ६ साउन । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस आज मनाइँदैछ ।

नेपाली कांग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी वीपी स्मृति दिवस मनाउन लागेका हुन् । नेपाल विधार्थी सँघ केन्द्रीय समितिले वीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षरोपण कार्यक्रम राखेको छ भने पार्टीले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो । उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।

नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दूरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);