बीपीको बिचारलाई रोक्न सकेन पंचायती दिवार र बन्दुकले | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

बीपीको बिचारलाई रोक्न सकेन पंचायती दिवार र बन्दुकले

काठमाडाैं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज ३९ औं स्मृति दिवस ।

वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका कोइराला तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताएका थिए ।

नेपालको राजनीतिक इतिहासका एक अहम् व्यक्तित्व कोइरालाको जसको जीवन देशमा प्रजातन्त्र र समाजवादको स्थापनाको लागि चिन्तन एवम् संघर्र्ष गरेरै सकियो र, प्रजातान्त्रिक समाजवादको दर्शनका लागि सह्राइएका उनै बीपी कोइरालाले स्थापना गरेको दलका प्रमुख व्यक्ति यतिबेला देशको शासन गर्ने मुख्य आसनमा विराजमान हुन पुगेका छन् ।

अर्थात्, आफूलाई बीपीको सच्चा कार्यकर्ता / अनुयायी भनेर चिनाउँदै पार्टीकै कमाण्डर ओहदासम्म पुग्न सफल पात्रको हातमा यतिबेला देशलाई डो-याउने लगाम परेको छ ।

कोइरालाले उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए ।

उनले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट पनि नेपाली वाङ्मयलाई शिखरमा पु-याउन योगदान दिएका छन् ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । वि.स. १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);