नेकपाको स्थायी कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको स्थायी कमिटी बैठक जारी

काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा जारी छ । लामो समयपछि बसेको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकलाई निकै महत्वपुर्ण रुपमा हेरिएको छ ।

सत्तारुढ दल नेकपा गठन भएपछि तेश्रो पटक स्थायी समिति बैठक बसेकाे हाे ।  बैठक महत्वपुर्ण हुने आंकलन गरिएको छ । सरकार र पार्टीबीच सुमधुर सम्बन्ध नभएको जस्तो देखिएको बेला दल भित्रैका केही नेताहरुले स्थायी समिति बैठकमा सरकारको समीक्षा गर्नु पर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा मंसिर २२ गते बसेको नेकपाको सचिवालय बैठकले शनिबारका लागि स्थायी कमिटीको बैठक बस्ने मिती तय गरेको थियो । नेकपाको कुनै पनि कमिटी गठन गर्दा र अन्य महत्वपूर्ण निर्णय गर्दा नेकपाको सचिवालयले तयार पारेको प्रस्ताव स्थायी कमिटीले अनुमोदन गर्नुपर्ने पार्टीको बिधानमा व्यवस्था छ ।

विधानमा यस्तो व्यवस्था भए पनि व्यवहारमा यो कार्यान्वयनमा आउन नसकेको पार्टीकै एकथरी नेताहरुले सार्वजनिक रुपमै बताउंदै आएका छन् । पार्टी भित्रको मतभेद स्वभाविक भए पनि यसको असर स्थायी समितिमा देखिन नहुने बुद्धिजीवीहरुको भनाई छ ।

पार्टी एकता भएको छ महिनामासम्म दुई पटक मात्र स्थायी कमिटी बैठक बसेकाे थियाे । त्यो पनि बल्लतल्ल छोटो समयका लागि मात्र । पटक पटक स्थायी कमिटी बैठक बोलाईए पनी स्थगित हुँदै आईरहेको बेला तेश्रो बैठक शनिबार जारी छ ।

सरकार संचालन गरेको दश महिना बितिसक्यो तरपनी सरकारले राम्रो काम गर्न नसकेको आम जनताको गुनासो छ । पार्टी भित्रै पनि यो गुनासो बढिरहेको छ । स्थायी कमिटी बैठकले यसलाई बुझेर सरकारलाई दिशा निर्देशन गर्ने वातावरण बनाउने विश्वास गरिएकाे छ । नेकपाको ४७ सदस्यीय स्थायी समिती छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);