काठमाडौंमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेमा पैदलयात्रु बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौंमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेमा पैदलयात्रु बढी

accident

फूलमाया आले
काठमाडौं, २९ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट वर्षेनी ज्यान गुमाउने मध्ये ४० प्रतिशत पैदलयात्रु पर्दछन् । राजधानीका धेरै व्यस्त सडक चोकहरुमा आकासे पुल छैन । तर भएका आकासे पुल पनि पैदल यात्रुले प्रयोग गर्दैनन् र जथाभावी रुपमा बाटो काट्छन् ।

दुर्घटना न्यूनीकरण गर्न महाशाखाले केही महिना अघि जथाभावि बाटो काट्ने पैदलयात्रुलाई दुईसय रुपैयाँ जरिवाना गर्ने अभियान पनि चलायो । तर महाशाखाले त्यो अभियान अहिले बन्द गरेको छ ।

महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६९/७० मा ६३ जना, ७०/७१ म ५३ जना, ७१/७२ मा ५७ जना, ७२/७३ मा ६५ जना, ७३/७४ मा ७९ जना, ७४/७५ मा ६३ जना, र चालू आर्थिक वर्षको ५ महिनामा ३१ जना पैदल यात्रुको मृत्यु भएको छ ।

राजधानीका धेरै व्यस्त सडक चोकहरुमा आकासे पुल, जेब्राक्रस छैन जसका कारण पैदलयात्रु ज्यानलाई जोखिममा राख्दैबीच सडकबाट नै बाटो काट्न बाध्य हुन्छन् । तर केही ठाउँमा भने भएका आकासे पुल प्रयोग नगरी जथाभावी रुपमा पैदलयात्रुले बाटो काट्ने गर्दछन् ।

जसमा वीर अस्पताल अगाडिको आकासे पुललाई लिन सकिन्छ । उक्त पुलबाट मानिसले बाटो त काट्छन् तर कमै मात्रामा । धेरै सर्वसाधारण पुरानो बसपार्कमा बसबाट ओल्र्छन र सिधै त्यहीबीच सडकबाट बाटो काट्छन् ।

तर त्यही ३ देखि ४ मिटर अगाडि रहेको आकासे पुलको सर्वसाधारण प्रयोग गर्दैनन । त्यस्तै रत्नपार्कमा रहेको अर्को आकासे पुल पनि सबै मासिनले प्रयोग गर्दैनन । माथि आकासे पुल छ तर त्यही आकासे पुलको मुनिबाट पैदलयात्रु आफ्नो ज्यानलाई जोखिममा राख्दै बाटो काट्छन् ।

यी दुई वटा ठाउँका आकासे पुल त प्रतिनिधि पुल मात्र हो । यस्ता राजधानीका धेरै आकासे पुल छन् जसको सर्वसाधारण प्रयोग नै गर्दैनन् । बीच सडकबाट बाटो काट्दै गरेको केही सर्वसाधारणलाई तपाईले किन अकासे पुलको प्रयोग गर्नुभएन भन्दा सबैले यहिबाट बाटो काटेको देखेर त्यही बाटो बाटो काटेको भन्ने रेडिमेट जवाफ दिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);