नेकपाको स्थायी कमिटि बैठक नौलो जस्तै ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपाको स्थायी कमिटि बैठक नौलो जस्तै !

तेजना पण्डित
काठमाडौं, २५ मंसिर । दलीय व्यवस्थामा कुनै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नु वा स्थायी कमिटी बैठक बस्नु नौलो कुरा होइन । अझ कम्युनिष्ट पार्टी भित्र त यो नौलो हुँदै हुँदैन ।

तर यहाँ नेकपाको स्थायी कमिटि बैठक बस्न लागेको कुरा नौलो जस्तै देखिन थालेको छ । नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भनेर गरेको निर्णय नौलो जस्तै लागेको छ ।

सत्तारुढ दलको स्थायी कमिटी बैठक एक वर्षपछि बस्न लागेपछि त्यसको एजेण्डा के होला ? सर्वसाधारणमा होइन, अहिले पार्टी भित्रकै केन्द्रीय स्तरका नेता र शुभचिन्तकमा कौतुहलता बढेको छ ।

अनुशासनको हिसावले कम्युनिष्ट पार्टीको सञ्चालन विधि र नियमलाई कडा मानिन्छ । पार्टीबाट हुने कुनै काम पार्टीको निर्णय बिना गर्न पाईदैन र मिल्दैन पनि । गरेमा कारबाहीको भागिदार हुनुपर्छ ।

सरकारमा को जाने वा मन्त्री को बन्ने वा सार्वजनिक स्थलमा कस्ता अभिव्यक्ति दिन पाइने र नपाइने भन्ने सम्मको निर्णय पार्टीको बैठकले गर्छ । हरेक नेताहरुलाई बैठकले नै जिम्मेवारी तोक्छ ।

तर सत्तारुढ दल नेकपाको स्थायी कमिटी विगत एक वर्षदेखि ती कुनै पनि गतिविधिमा सामेल देखिंदैन । पार्टीको विधानत प्रत्येक ३ महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने हुन्छ ।

दुई पार्टी एकता भएपछि नेकपा गठन भएको १९ महिनाको अबधिमा एक पटक मात्र स्थायी कमिटि बैठक बसेको छ । दोश्रो बैठक एक वर्षपछि मंसीर २९ गते बोलाइएको छ । स्थायी कमिटि बैठकलाई लिएर अहिले स्थायी कमिटि सदस्यहरु उत्साहित भएका छन् ।

स्थायी कमिटीको एजेण्डा के के होला ? अहिले पार्टी भित्र चर्चाको विषय बनेको छ । अर्काे बैठक फेरी कहिले बस्ला ? यो पनि चर्चाकै विषय बनिरहेको छ । सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरि स्थायी कमिटि बैठकमा लाने तयारी गरेको छ ।

तिन महिना अघि सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय स्थायी कमिटि बैठकले अनुमोदन गर्ला कि नगर्ला यो पनि चर्चाको विषय बनेको छ ।

पार्टीका हरेक निर्णय अहिले आठ सदस्यीय सचिवालय बैठकले गर्दै आएको छ । विधानलाई आफ्नो आवस्यकतामा संशोधन गर्ने र आफुलाई मन लागेको मान्छेलाई जिम्मेवारी दिने तयारीलाई कतिपय स्थायी कमिटी सदस्यले मानिरहेका छैनन् । यस्ता कुरा स्वीकार्य नहुने बताउनु हुन्छ स्थायी कमिटि सदस्य रघुजी पन्त ।

यसअघि सम्पुर्ण बैठकहरु दुइ अध्यक्षले नै अध्यक्षता गर्दै आएकोमा गत मंसीर पहिलो साता बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

कार्यकारी अध्यक्षको जिम्मा पाएसँगै पार्टीमा प्रचण्डको सक्रियता अहिले बढिरहेको छ । प्रचण्ड निवास खुमलटारमा पटक पटक बैठक बसेपछि डाकिएको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाइएको छ ।

शिर्ष नेताहरुका कारण पार्टी बिधी र पद्धतीमा चल्न नसकेको भनेर तल्लो तहबाट नेतृत्वको आलोचना भइरहको बेला बस्न लागेको नेकपा स्थायी कमिटी बैठक कति दिन चल्ला र बैठकले के के निर्णय गर्ला ? अहिले नेकपा पार्टीपंक्तिमा चर्चाको विषय बनिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);