बिना निष्कर्ष टुंगियो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बिना निष्कर्ष टुंगियो सचिवालय बैठक

Cabinet-Meeting-pm-kp-oli

काठमाडौं, २५ वैशाख । सत्तारुढ नेकपाको बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक अनिश्चित भएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठकमा लैजाने एजेण्डाका बिषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिलेपछि बैठक अनिश्चित बनेको हो । बुधवारको सचिवालय बैठक स्थायी कमिटी बैठकका एजेण्डा तय नगरी बिना निष्कर्ष टुंगिएको थियो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको सचिवालय बैठकले कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले स्थायी कमिटी बैठकका विषयमा भने दुई अध्यक्ष बसेर कार्यसूची तयार गर्ने वा बैठकनै के गर्ने भन्ने विषयमा निर्णय गर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सचिवालय बैठक बिचमै छाडेर जानुभएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको व्यस्तता र स्वास्थका कारण बैठकबाट निस्किनुभएको बताउनुभयो । बैशाख २० गते बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाउने निर्णय गरेको थियो ।उक्त बैठकमा लैजाने प्रस्ताव तयारीको जिम्मा अध्यक्ष दाहाल र महासचिव बिष्णु पौडेललाई दिइएको थियो । सरकारले राजनीतिक दल बिभाजन र सम्बैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिएपनि नेकपा भित्रको बिवाद अझै साम्य भइसकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);