वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट : महालेखा नियन्त्रक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट : महालेखा नियन्त्रक

mahalekha

काठमाडौं, २४ वैशाख । महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताउनुभएको छ ।

बुधवार संसदको अर्थ समितिको राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित बैठकमा मैनालीले उक्त कुरा बताउनुभएको हो । उहाँले लकडाउनले अर्थतन्त्रमा पारेको असर कमगर्न काम गर्दा संवैधानिक संकट आउन सक्ने खतरा रहेको उल्लेख गर्नुभयो ।

महालेखा नियन्त्रक मैनालीले कोरोना कोषमा जम्मा भएको करिब २ अर्ब १८ करोड रुपैयाँबाट अहिलेसम्म निकासा नगरिएको र ट्रेजरीबाट व्यवस्थापन गरिरहेको अवस्थामा वित्तीय उत्तरदायित्व ऐनको नियमावली नहुँदा समस्या आउन सक्ने पनि बताउनुभयो । उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू गरिएपछि सरकारको आम्दानीमा असर परेको समेत उल्लेख गर्नुभयो ।

मैनालीले वैशाख २३ गते सम्म ५ खर्ब ९३ अर्ब राजस्व उठेको र ऋण अनुदान समेत गर्दा कुल ६ खर्ब ४६ अर्ब आम्दानी पुगेको बताउनुभयो । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले लकडाउनका कारण अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारी खर्च गर्ने तरिकामा फरक रणनीति अपनाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहमा विपद व्यवस्थापन सम्बन्धी बजेटको तर्जुमा गर्ने, योजना बनाउने सीप न्यून हुने भएकाले संघीय सरकारले सघाउनुपर्ने अध्यक्ष पौडेलको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);