महासमिति बैठकले एकताको सन्देश सहित ठोस रणनीति बनाउनुपर्छ : महत | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

महासमिति बैठकले एकताको सन्देश सहित ठोस रणनीति बनाउनुपर्छ : महत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताएका छन् । शनिबारदेखि काठमाडाैंमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महतले विना पुर्वाग्रह आन्तरिक समिक्षा गर्दै सबैमा आशा जगाउने गरि महासमिति बैठकले एकताको सन्देश सहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताए ।

प्रतिपक्षी दलको भुमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आईपुगेको भन्दै आत्मसमिक्षा सहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्नेमा उनले जोड छ ।

पद र व्यक्ति तथा गुट भन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उनले जोड दिए । वर्तमान सरकारबाट निरास बनेकालाई आशा जगाउने गरि महासमिति बैठकले रणनीति बनाउनुपर्ने उनले बताए । उनले पुन सत्ताको नेतृत्वमा पार्टीलाई पुर्याएर मुलुकलाई समुन्नत विकासको बाटोमा लैजानका लागि पार्टी भित्र पुर्नजागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गरे ।

गम्भीर छलफल र विचार विमर्श गरि नितिगत निर्णय लिने सवालमा महासमिति बैठक महत्वपुर्ण फोरम भएकाले सबै देशबासीलाई आशा जगाउने अवसरको रुपमा यसको प्रयोग गरिनुपर्ने उनले उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);