दाङमा बालबालिकामा पनि कोरोना देखिन थाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दाङमा बालबालिकामा पनि कोरोना देखिन थाल्यो

दाङ । दाङमा बालबालिकामा पनि कोरोना देखिन थालेको थालेको छ ।

बुधबार तुलसीपुरका २ जना बालबालिकामा कोरोना पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार उनीहरूलाई तुलसीपुर मेट्रो अस्पताल कोरोना आइसोलेसनमा भर्ना गरिएको छ ।

त्यस्तै उनीहरूको अवस्था भने सामान्य रहेको समेत उनले बताए । उनले भने, ‘दोस्रो लहरको समयमा पनि बालबालिकामा संक्रमण भएको थियो । तर, यो लहर हराउन लाग्दा फेरि बालबालिकामा कोरोना पुष्टि भएको छ । त्यसैले अझै सचेत रहन जरुरी छ ।

उनीहरूको बुवा आमालाई पनि कोरोना पुष्टि भएको छ । बुवा आमालाई पनि अस्पतालमा भर्ना गरिएको समेत उनले बताए । कोरोना संक्रमित भएका बालबालिकाहरूमा सामान्य लक्षण रुघाखोकी र ज्वरो आएपछि कोरोना परीक्षण गर्दा पुष्टि भएको फोकल पर्सन केसीले बताए ।

उनीहरूसँगै एउटै परिवारका ८ जनालाई कोरोना संक्रमण भएको समेत उनको भनाई छ । अहिले अस्पतालमा २ जना ८ वर्षीय बालिका र १३ वर्षीय बालक सहित १० जना भर्ना भएका छन् । त्यसैगरी तुलसीपुरमा हाल ४० जना सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

त्यस्तै तुलसीपुरमा दोस्रो चरणको कोरोना महामारीमा ४ हजार १९६ जना संक्रमित भएको र ती मध्ये कोरोना संक्र्रमणबाट १ सय ५ जनाको मृत्यु भएको छ । साथै जिल्लामा निषेधाज्ञा केही खुकुलो भएपछि पछिल्लो समय स्वास्थ्य लापरबाही बढेको भन्दै केसीले तेस्रो लहरले बालबालिका लगायत सबैलाई आक्रान्त पार्न सक्छ र त्यसबाट सबै सचेत र सतर्क रहन समेत आग्रह गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);