एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ ।
कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने भन्दै डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।
संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन आग्रह गर्दै डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी नसकिएको र अझै खतरनाक भेरियन्ट फैलिनसक्ने भन्दै सचेत गराएको हो ।
डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी सकिएको नठान्न आग्रह गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै गेब्रेयेसोसले कोरोना महामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको बताउनुभएको उल्लेख छ ।




