२४ घण्टामा ३ हजार १ सय ३० ले कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

२४ घण्टामा ३ हजार १ सय ३० ले कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार १ सय ३० संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ५९ हजार ९ सय २८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ९७ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १० हजार ९ सय ४ पीसीआर परीक्षणमध्ये २ हजार २ सय ९७ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ४६ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा आठ हजार ७ सय ७२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);